नेपालकै आर्थिक समृद्धिका लागि प्रयोग गर्छौं : सगुन 

69

काठमाडौं–अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ-कमर्स कम्पनी सगुनले कुनै पनि माध्यमबाट नेपाली पुँजी स्वदेशबाहिर नलैजाने स्पष्ट पारेको छ।

सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनाम संस्थापक गोविन्द गिरीले सगुनप्रति नबुझेर सुरुमा केही भ्रम रहे पनि अहिले त्यो स्पष्ट भइसकेको जनाए ।

‘हामीलाई आफ्नै भूमिमा एउटा प्लेटफर्ममात्रै चाहिएको हो, हामीले  नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं। यसमा ढुक्क हुनुस्,  नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौं,’ उनले भने।

पत्रकार सम्मेलनमा सगुनले विश्वभरका लगानीकर्ताहरुका लागि मिनी आइपीओमार्फत् लगानी गर्न पुनः आह्वान गरेको छ। कानुनी मान्यताअनुसार लगानीकर्तामाझ आएको सगुनले  आगामी जनवरीबाटै सेकेण्डरी आइपिओमा जाने लक्ष्य राखेको संस्थापक गिरीले जनाए ।

सगुनले साना लगानीकर्ता प्रोत्साहन गर्नका लागि कम आम्दानी भएकाहरुलाई समेत लगानीको वातावरण जुटाएको जनाएको छ। फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी जुन नेपालीको पहुँचमा छैनन्, तिनमा सर्वसाधारणको लगानीका लागि कुनै प्लेटफर्म नभए पनि सगुनले भने सर्वसाधारणका लागि लगानीको वातावरण बनाएको भन्दै गिरीले नेपाली डायस्पोराका लागि यो लगानीको उत्तम अवसर भएको जनाए ।

उनले भने, ‘सन् २०१५ बाट सुरु भएको हाम्रो एप आज विश्वका लाखौं मानिसको हातहातमा पुगेको छ, हिजोका दिनमा सर्वसाधारणको पहुंचमा नभएका अन्तर्राष्ट्रिय प्लेटफर्म आज लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको छ।’


सेप्टेम्बर महिनाभर लगानीको अवसर

सगुनले ‘ग’ श्रेणीको साधारण शेयर मिनि (आइपिओ) प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिरहेको छ। आगामी सेप्टेम्बर ३० तारिखसम्म नेपाल, इरान र उत्तर कोरियाबाहेकका लगानीकर्ताले आइपिओ खरिद गर्न पाउनेछन्।  कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा  खरिद गर्न सकिने प्रावधान रहेको छ।

न् २०२१ को सुरुमा सेकेण्डरी आइपिओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओमार्फत् लगानीको अवसर यही नै अन्तिम पटक हुने सगुनका सहसंस्थापक कविन सिटौलाले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here