अच्चमकाे ‘घरज्वाइँ गाउँ’

230

एजेन्सी – भारतको उत्तरप्रदेशस्थित कौशाम्बी जिल्लामा रहेको हिंगुलपुर गाउँ ‘घरज्वाइँ गाउँ’का नामले परिचित छ ।
कुनै समय कन्या भ्रुणहत्या तथा दाइजोका कारणले हुने गरेका दर्दनाक महिला हत्याका घटनाका कारण कुख्यात रहेको सो गाउँले आफ्ना छोरीहरु जोगाउन तथा छोरीहरुलाई पुरुषझैँ बलियो बनाउनका लागि अनौठो उपाय अपनाएका थिए ।

केही दशक पहिले उक्त गाउँका भद्र भलादमीहरुले गाउँका चेलीहरु बिहेपछि पतिको घर नगई आफ्नै जन्मघर अर्थात् माइतीमै बस्ने फैसला गरे । सो फैसलालाई गाउँका मुस्लिम समुदायले समेत समर्थन गरे । र, अन्ततः घरज्वाइँ बस्ने प्रचलन गाउँको स्थापित परम्परा हुन पुग्यो । सो गाउँका युवतीहरुसँग नाता गाँस्न चाहने पुरुषहरुका लागि घरज्वाइँ बस्न सहमत हुनु सबैभन्दा महत्वपूर्ण शर्तको रुपमा रहेको छ ।

गाउँमा घरज्वाइँ भएर आउने पुरुषलाई रोजगारीको समस्या नहोस् भन्नका लागि गाउँलेहरु मिलेर काम÷रोजगारीको बन्दोवस्त गरेका हुन्छन् ।

हिंगुलपुर गाउँमा आसपासका कानपुर, फतेहपुर, प्रतापगढ तथा इलाहाबाद लगायतका जिल्लाबाट समेत पुरुषहरु घरज्वाइँ बनेर गृहस्थी जमाइसकेका छन् । कतिपय घरमा त घरज्वाइँको पुस्ता नै स्थापित भैसकेको छ ।

यद्यपि भारतमा हिंगुलपुर मात्र यस्तो गाउँ होइन, जहाँ घरज्वाइँ बस्ने प्रचलन छ । मध्यप्रदेशको नरसिंहपुर जिल्लामा रहेको बितली नामक गाउँ समेत घरज्वाइँ गाउँको नामले चर्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here