अनिल शर्मालाई सुनसरी प्रहरीबाट ५ अभियोगसहित मुद्दा दर्ता

111
काठमाडौँ – जिल्ला अदालत सुनसरीका न्यायाधीश प्रकाश श्रेष्ठले लेखक तथा साँस्कृतिककर्मी अनिल शर्मा ‘विरही’को स्वास्थ्य अवस्था निकै कमजोर भएको कारण सुविधा सम्पन्न अस्पतालमा उपचारको ब्यवस्था मिलाउन आदेश दिएका छन । 

सुनसरी प्रहरीले म्याद थपको लागि जिल्ला अदालत पुर्याएपछि विरही’को स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै न्यायाधीश श्रेष्ठले सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन आदेश दिएका हुन् । सुगर र मेरुदण्डको समस्या रहेका विरही लामो समयदेखि विरामी भएर चितवन भरतपुरस्थित एक अस्पतालमा उपचार गराइरहेका थिए । अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले गिरफ्तार गरी धनुषा लिएको थियो ।

 बुधबार धनुषा अदालतले रिहा गरे पनि प्रहरीले पुनः अदालतबाटै गिरफ्तार गरी सुनसरी लगेको थियो । आज बिहीबार सुनसरी प्रहरीले म्याद थपको लागि जिल्ला अदालतमा लिएपछि अदालतले आजै सो आदेश गरेको हो । यो आदेशसँगै अदालतले अनुशन्धानका लागि भनी १५ दिनको म्याद समेत थपेको छ ।

यसैबीच , विश्व नै कोरोनावाट आक्रान्त भै रहेको बेला स्वास्थ्य अवस्था निकै कमजोर भएका विरहीलाई गिरफ्तार गर्दा र हिरासतमा राख्दा प्रहरीले स्वास्थ्य सम्बन्धि कुनै सचेतता नअपनाएको पाइएको छ । प्रहरीको गलत हर्कतले उनमा कोरोना सक्रमण भए राज्यले जिम्मा लिनु पर्ने विरहीको परिवारजनले जनाएका छन् । चितवन अस्पतालमा ढाडको उपचार गराउन पुगेका बेला प्रहरीबाट पक्राउ गरिएका बिरहीलाई सुनसरी प्रहरीले पनि राजद्रोह, हात हतियार, खरखजाना र सांगठनिक लगायतका ५ वटा गम्भिर खालका अभियोग लगाएको छ ।

 चितवन जिल्ला अदालत र धनुषा जिल्ला अदालतमा पनि प्रहरीले यस्तै खालका अभियाेग लगाएर मुद्धा दर्ता गरेको थियो , तर दुबै ठाउँका अदालतले प्रमाण नपुगेको ठहर गर्दै रिहाई गर्न आदेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here