प्रहरीले ३०९ किलो गाँजा बरामद

67

 जनकपुरधाम – सर्लाही प्रहरीले ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको छ ।

ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलबाट शनिबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।

उनका अनुसार ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको छ ।

सर्लाहीको पूर्वी भेगमा ग्रामिण इलाका हुँदै लागूऔषध नेपाल–भारत दुवैतर्फ ओसारपसार भइरहेको सूचना आएपछि जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो । अनुगमन टोलीलाई देखेर चालक ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको प्रहरी निरीक्षक कुर्मीले भने ।

ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here