चार कोरोना संक्रमितको त्रिवि शिक्षण अस्पतालमा मृत्यु

55

काठमाडौं -त्रिवि शिक्षण अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइसियुमा उपचाररत चार कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । 

काठमाडौंका ३ र सिन्धुपाल्चोकका १ जना गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड व्यवस्थापन समितिका सदस्य डा सबिन थपलियाले बताए ।

काठमाडौंका ५९ वर्षीय पुरुषको भदौं २७ गते सवा ११ बजे मृत्यु भएको छ । निमोनिया भई उनी भदौं १९ गते अस्पताल भर्ना भएका थिए । डा थपलियाका अनुसार उनी मधुमेह, उक्तचाप र रक्तअल्पताको समस्या थियो ।

काठमाडौंकै ७० वर्षीय एक पुरुष स्वास्थ्यमा समस्या भएपछि भदौं १४ गते भर्ना भएका थिए । उनको भदौ २७ गते ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मुटु सम्बन्धी समस्या थियो ।

यस्तै, काठमाडौं ९ का ६४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी भदौ १५ गते आइसियुमा भर्ना भएका थिए । उनको २८ गते साढे २ बजे तिर मृत्यु भएको अस्पतालले जनाएको छ । डा थपलियाका अनुसार उनी मिर्गौला फेल भएर डायलासिस गराइरहेका थिए भने रक्तचापको समेत समस्या थियो ।

सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुषको मृत्यु भएको छ । गम्भीर खालको निमोनिया भएका कारण उनलाई भदौ २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको २८ गते साढे १२ बजे मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here