मेस्सी भए संसारमा सबैभन्दा बढी कमाउने दश फुटबलरकाे सूचीमा पहिला

527

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी बनेका छन्। अमेरिकन बिजनेश म्यागजिन फ्रोब्सले २०२० मा मेस्सीले १ सय २६ मिलियन पाउण्ड कमाइ गरेको जनाएको छ। उनीभन्दा पछि इटालियन क्लब युभेन्टसमा रहेका क्रिष्टियानो रोनाल्डोले १ सय १७ मिलियन युरो कमाएका छन्।

मेस्सी र रोनाल्डोभन्दा पछि फ्रेन्स क्लब पिएसजीका नेमार तेस्रोमा र केलियन एमबाप्पे चौथोमा रहेका छन्। एक वर्षमा नेमारले ९६ मिलियन युरो साथै एमबाप्पेले ४२ मिलियन युरो कमाएका छन्।

बढी कमाइ गर्ने शीर्ष १० मा प्रिमियर लिगबाट तीन खेलाडी रहेका छन्। जसमा मोहम्मद सलाह, पोउल पोग्बा र डेभिड डे गा रहेका छन्।

यी हुन बढी कमाउने शीर्ष १० फुटबलर

लियोनल मेस्सी- १२६ मिलियन युरो
क्रिष्टियानो रोनाल्डो- ११७ मिलियन युरो
नेमार- ९६ मिलियन युरो
केलियन एमबाप्पे- ४२ मिलियन युरो
मोहम्मद सलाह- ३७ मिलियन युरो
पोउल पोग्बा- ३४ मिलियन युरो
एन्टोनी ग्रिजम्यान- ३३ मिलियन युरो
ग्यारेथ बेल- २९ मिलियन युरो
रोबर्ट लेवान्डोस्की- २८ मिलियन युरो
डेभिड डे गा- २७ मिलियन युरो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here