२४ घन्टामा उपत्यकामा ७३७ कोरोना संक्रमित थपिए

47

काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ।

काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा १ हजार २ सय ८६  र भक्तपुरमा  १ हजार १ सय ४० संक्रमित पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६  र भक्तपुरमा  १ हजार १ सय १५ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८ हजार ३२७ जना पुगेको छ। पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। १० हजार ४९४ जनाको आज पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here