उपत्यकामा ६४७ जना संक्रमित थपिए

72

काठमाडौं –  म‌ंगलबार काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिएका छन्। योसहित उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा १४ हजार ६ सय ६५, ललितपुरमा १६ सय ८३ र भक्तपुरमा १५ सय ८९ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

आज ८२३ जना निको भएका छन्। हालसम्म ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here