उपत्यकामा ६३७ कोरोना संक्रमित थपिए

55

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ। काठमाडौंमा १५ हजार १५७ ललितपुरमा १ हजार ७३३ र भक्तपुरमा १ हजार ८५ संक्रमित पुगेका छन्।  पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।   आज १८९३ जना निको भएका छन्।

हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।   नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घन्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here