नेपालभर संक्रमितको कूल संख्या ७०,६१४  पुग्याे

72

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १३१३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना जाँचमध्ये १ हजार ३१३ जनाम संक्रमण देखिएको हो। योसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको छ।

२४ घण्टामा १हजार ४५५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। देशभर १८ हजार २९९  जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई  कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ। काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here