एजेन्सी – अमेरिकाले पुनः एकपटक दक्षिण चीन सागरमा चीनको कुनै कानूनी अधिकार नभएको दाबी गरेको छ । तर उसले जबरजस्ती आफ्नो नियन्त्रण कायम राख्न चाहेको अमेरिकाको आरोप छ । त्यसकारण पनि चीनले आफ्नो समुद्री सैन्य अड्डाहरूको प्रयोग गरिरहेको अमेरिकाले आरोप लगाएको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता मोर्गन ओर्टागसले भनेः ‘५ वर्षअघि २५ सेप्टेम्बर २०१५ मा चिनियाँ राष्ट्रपतिले व्हाइट हाउस रोज गार्डेनमा बचन दिएका थिए कि चीनले स्प्राटली टापुलाई सैन्यीकरण गर्ने चाहाना राख्दैन र अरु कुनै पनि देशलाई समुद्री सैन्य अड्डाहरुमार्फत अनुमति नदिने बताएका थिए । उनले यो मामलामा जबरजस्ती नगर्ने बताएका थिए तर, चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले यस प्रतिज्ञालाई बिर्सेको छ।’
चीनले दक्षिण चीन समुद्री क्षेत्रमा सैन्य शक्ति वृद्धि गरिरहेको छ । उसले यो क्षेत्रमा बढाएको आफ्नो शक्तिलाई आफ्नो सार्वभौमसत्ताको रक्षा भनिरहेको छ । उसको यो कदमलाई लिएर धेरैजसो देशहरूले संयुक्त राष्ट्रसंघमा विरोध गरेका छन् । दक्षिण चीन सागरसँग जोडिएका छिमेकी मुलुकहरुले पनि सो क्षेत्रमा आफ्नो अधिकार स्थापित हुनुपर्ने आवान उठाइरहेका छन् ।


















