शेख नवाफसँग लामो समय रक्षा सेवामा काम गरेको अनुभव रहेको छ । यद्यपि, फबु्रअरी २००६ देखि क्राउन प्रिन्सको पदमा रहेका शेख नवाफले कुनै पनि राजीतिक निर्णयमा महत्वपूर्ण भूमिका खेलेका छैनन् । उनी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छन् । उनका अगाडि सबैभन्दा ठूलो चूनौती भनेको देशको बिग्रँदो अर्थतन्त्रको सुधार गर्नु हो ।


















