हालसम्म पत्ता लाग्न सकेका छैनन् ।
देशको गरीमामय पदमा बसेका व्यक्तिहरुले बलात्कारको घटना हेर्दा चिन्तित हुनुपर्ने अवस्था नरहेको भन्दै लज्जास्पद अभिव्यक्ति दिने गरेका छन् । त्यस्तै गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ भन्दै टिप्पणी गरेपछि यतिबेला सामाजिक सञ्जालमा उनको व्यापक विरोध भएको छ ।
मन्त्री थापाले बलात्कार र हिंसाको सन्दर्भमा अन्य देशहरुको अवस्था गर्दा नेपाल धेरै चिन्तित हुनुपर्ने स्थितिमा नभएको र बलात्कारको घटनामा नेपाल ‘सायद टप १५ भित्र’ पर्ने हलुका टिप्पणी गरेका थिए ।
अभिनेत्री ऋचा शर्माले गृहमन्त्री थापाको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिप्रति आक्रोश पोखेकी छन् । उनले यस्ता व्यक्तिहरुको नाम याद राखेर इतिहासमा लेखाजोखा गर्न आग्रह गरेकी छन् ।
उनले फेसबुकमा विभिन्न राजनीतिज्ञले बलात्कारका घटनाको बारेमा दिएको अभिव्यक्तिलाई बुद्धागत रुपमा लेखेकी छन्, ‘१. यस्तो बेला बलात्कार भैरहन्छ : भुकम्पपछि गृहमन्त्री बामदेव गौतम । २. बलात्कार पुँजिवादीले गराएको हो : निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा । ३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोय गर्छन् : रामनारायण बिडारी । ४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन स् गृहमन्त्री रामबहादुर थापा ।’