कथानक चलचित्र ‘तलाश’ निर्माण हुने

272
काठमाडौं – फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा कथानक चलचित्र  ‘तलाश’ बन्ने भएको छ । अहिले पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मले समसामयिक विषय कथा बनाएको निर्देशक लिङ्देनले जनाए । लेखक समेत रहेको लिङ्देनले फिल्ममा महिला हिंसा समेत समेटिएको जानकारी दिए ।
उक्त चलचित्रमा  एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिङ्मा शेर्पाको अभिनय रहनेछ ।

दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन रहने फिल्ममा रोशन बान्तवाको संगीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here