यसमा नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मशाल) नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) नेपाल कम्युनिष्ट पार्टी (माले) राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा(माओवादी केन्द्र) राष्ट्रिय जागरण मञ्च,जन समाजबादी पार्टी, नेकपा(संयुक्त) राष्ट्रिय जागरण परिषद नेपाल, बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेकपा(बोल्शेभिक), राष्ट्रबादी केन्द्र, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्बहार कम्युनिष्ट पार्टी (माओबादी) माक्र्सबादी एकता अभियान, नेकपा (मार्क्सबादी) र नेकपा माक्र्सबादी(पुष्पलाल) सम्मिलित रहेका छन् ।
अन्तरक्रिया पछि बामपन्थी संगठनहरुले आन्दोलनको रुपरेखा तयार गर्ने र देश र जनताका जल्दाबल्दा समस्यालाई लिएर संयुक्त आन्दोलनको उठान गर्ने जनाइएकाे छ । यसले बाम आन्दोलनमा कार्यगत एकता, सहकार्य, बापपन्थी मोर्चा र पार्टीगत एकताका लागि सकारात्मक परिणाम ल्याउन सक्ने सम्भावनाहरुको खोजी गर्न र त्यसलाई सही निष्कर्शमा पुग्ने आधार तयार गर्न पनि सकारात्मक भूमिका खेल्न सक्ने बाम एकताको खोजी गरिरहेका शक्तिहरुले अपेक्षा गरेका छन् ।















