काठमाडौं – एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा तीन हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ ।
यस सम्बन्धमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी तथा भिजी अटोमोबाइलका उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलका शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेमा १५ हजार रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ ।
यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

















