उपत्यकाका अस्पताल अव कोभिड अस्पतालमा परिणत हुने

2

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले इन्सिडेन्ड कमान्ड सिस्टमले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा व्यवस्थापन गरेको जानकारी दिए।  मन्त्रालयले ती अस्पतालमा भएका आइसियू, भेन्टिलेटर,र अक्सिजनलगायतका सामग्री सघन उपचारका लागि उपत्यका केन्द्रित व्यवस्थापन गर्ने निर्णय गरेको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले सबै अस्पतालमा कोभिडका बिरामीको उपचार गर्ने गरी व्यवस्थापन गर्न लागेको जनाइएकाे छ ।

यस्तै सरकारले दहचोकस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल तथा कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई कोभिड-१९ को लक्षणसहितको संक्रमितको उपचार गर्नेगरी कोभिड अस्पताल बनाउने समेत निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here