नक्कली मह बनाएको आशंकामा होटलमा छापा, थप अनुसन्धान हुँदै

175

काठमाडौं-कोठाभरी सामान असरल्ल छन् । कतै पोका कतै खाली टिन त कतै महका चाका । झरीला महका चाका देख्दा कुनै ठूलै मौरीपालन व्यबसायमा नै छिरेजस्तो हुने । तर यो त राजधानीको गोंगबुमा होटलको एउटा कोठाको हो ।

काठमाडौं महानगरपालिका र उपाभोक्ताकर्मी तथा प्रहरीको अनुगमन टोलील सोमबार बिहान गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने गरेको आशंकामा होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा छापा मा¥यो । त्यहाँ नक्कली मह बनाउने सामान थिए । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए । होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताए ।


अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले दुई जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने काठमाडौ महानगरपालिकाले जनाएको छ
होटल सञ्चालक लीलाबल्लभ पराजुलीकाअनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ गते ४ जना थपिए । हिजो अर्थात् असोज २५ गते ६ जना आए । उनीहरु मह व्यापारी हौं भन्थे । कोठामा बस्थे । दिउँसो मह बेच्न जान्थे । बेलुका फर्कन्थे ।
पराजुलीकी श्रीमतिकाअनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन् । यसअघि २०७६ को पुष माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए । होटलमा उनीहरुको नाम थर भएको कुनै विवरण छैन । सञ्चालक भन्छन् — पहिले पनि आउने जाने गरेकाले परिचय पत्र खोजेनौं । उनीहरु महोत्तरीतिरका हुन् ।


अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार महको चाका मैदाको हुनसक्छ । अन्य रसायन के के प्रयोग गरेका छन्, अध्ययन हुँदैछ । अनुगमन टोलीले होटलका तीन वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा ताला लगाएको छ । त्यहाँ ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका छ । यस्तै अन्य सानातिना धेरै पोका छन् ।
अनुगमनमा रहनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्नुहुन्छ — यो सक्कली काम हुँदै होइन । लेवलबिनाका सामान बेच्नु सरासर गैरकानुनी हो । त्यसमा पनि मह शतप्रतिशत नक्कली हो ।
होटलका कर्मचारीले एउटा पोको खोलेर देखाए । त्यहाँ भएको बाक्लो र च्यापच्याप हुने तरल पदार्थमा चाका डुवाइएको थियो ।
नक्कली मह कारोवारसम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

– गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here