पार्टी नै फुटाउने भए सबैलाई भनेरै फुटाइन्छ

205

मात्रिका यादव

मन्त्रिपरिषद्को पुनर्गठन गर्ने प्रधानमन्त्रीको अधिकारकाको कुरा हो । तर चुनावमा मोर्चाको नाममा भोट मागिएको हो । हामी पार्टी एकता पनि गर्छौँ है भनेर जनताको बीचमा नारा लगिएको थियो । त्यो मोर्चा भएको हुँदा मत आएको हो । फलानालाई प्रधानमन्त्री र मन्त्री बनाउने भनेर भोट मागिएको थिएन ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन पुनर्गठन गर्ने कानुनी अधिकार छ । तर, उहाँ कसको आवश्यकता र औचित्यका आधारमा त्यो गर्दै हुनुहुन्छ भन्ने मूल प्रश्न हो ।
प्रधानमन्त्रीले मन्त्रिमण्डलबाट कसैलाई हटाउनु पर्यो भने पार्टीमा स्पष्ट कुरा राख्नु पर्छ । जसलाई मन लाग्छ उसलाई आफूखुशी हटाउने काम गलत हो । ब्यक्ति त आउँछ जान्छ । तर पार्टी त रहिरन्छ नि । पार्टीको स्थायी कमिटीले पनि, नेताहरुले पनि सरकारको बारेमा नीति नियम बनाएको छ तर त्यो पालना भएको छैन ।
१२ औँ पटकसम्म मन्त्रिपरिषद् पुनर्गठन भएको छ । कसलाई पठाउने र निकाल्ने भन्ने कुरा पार्टीले मूल्याङ्कन गर्ने हो । प्रधामन्त्रीले पार्टीसँग सल्लाह गर्ने हो ।

मलाई यसअघि मन्त्रीबाट निकालेकोमा कुनै आपत्ति होइन र छैन । तर पार्टीमा बहस, छलफल त हुनुपर्यो । एकलौटी निर्णय कसैले गर्नु भएन । पार्टीमा सरकारको र मन्त्रीको कामको मूल्याङ्कन गर्ने परिपाटी नै छैन । म पहिला पनि मन्त्री भएर चित्त नबुझेपछि छोडेको ब्यक्ति हो । म मन्त्री हुँदा कसले मेरो मन्त्रालय चलाएको छ त्यो थाहै हुँदैनथ्यो । मैले त पार्टी अध्यक्षलाई मलाई बिदा गरिदिनुहोस् पनि भन्ने गरेको थिएँ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुँदा को सचिव चाहिन्छ भन्नु भएको थियो । मैले उहाँलाई भनेको थिएँ कि मैले त कसैलाई चिनेको छैन, मेरो नातगोताको मन्छे सचिव पनि छैन । कानुन, नीति नियम अनुसार काम गर्ने जो छ उसैलाई इमान्दारीपूर्ण काम गर्न दिउँ भनेको थिएँ ।

स्थायी समितिले दिएको म्यान्डेट अनुसार सरकारले काम गर्न सकेको छैन । त्यसका लागि पार्टी सचिवायका नौ जना सदस्यहरु बोल्नु पर्छ । यो कम्युनिष्ट पार्टी हो कि होइन ? प्रश्न उठ्न थलेको छ । यहाँ बिचित्र भएको छ । म २०३४ सालदेखि कम्युनिष्ट पार्टीमा लागेको मान्छे । कस्तोलाई पार्टी सदस्यता दिने, कसलाई नेता मान्ने, कसलाई कस्तो जिम्मेवारी दिने भन्ने निर्णय पार्टीमा हुन्छ । कम्युनिष्ट पर्टीमा सामूहिक निर्णय र ब्यक्तिगत जिम्मेवारीको जनवादी केन्द्रीयता हुन्छ ।
तर अहिले त ब्यक्तिहरु निर्णय गर्ने र सामूहिक रुपमा अरुको टाउकोमा जिम्मेवारी थोपर्ने काम भएको छ ।

नेकपाको अहिलेको विचार जो छ त्यसमा मेरो कुनै असन्तुष्टि र फरक मत छैन । विचारको बिकास गर्ने कि छोड्दै जाने ? त्यहाँ मेरो असन्तुष्टि छ । नेकपाले अहिले विचार छोड्दै गएको छ । अहिले नेकपा माओवादी वा नेकपा एमाले भन्दा पनि हामी बिज्ञानसम्मत कुरा गर्ने कि अबैज्ञानिक कुरा गर्ने भन्ने नै हो । हामी पूर्व माओवादीहरु माक्र्सवाद, लेनिनवाद, माओवाद भन्थ्यौ । पूर्व एमालेहरु माओ विचारधारा भन्ने गथ्र्यो । विचारको विकास नगरी हामी अगाडिको बाटो विकास गर्न सक्दैनौँ । अगाडिको बाटो त कुनै किताबमा लेखिएको छै नि त । आन्दोलनको दिशा तय गर्दै अघि बढ्ने हो ।

माक्र्सवादका आधारभूत सिद्धान्तहरु बर्गसंघर्ष, सर्बहाराको नेतृत्व र बल प्रयोगको सिद्धान्त बनाउँदै आगामी बाटो निर्माण गर्नुपर्यो नि । क्लियर कन्सेप्टहरु बनाउनु परेन ? के अहिलेको पार्टीसँग वर्गसंघर्ष छ ?

बाबुराम कमरेडको कुरा नगराँै । उहाँ पूरै बिद्वान मान्छे हुनुहुन्छ । माक्र्सवादलाई कसरी आत्मसात गर्नुभयो यो त दुनियाँले बुझ्ने, देख्ने कुरा हो । उहाँको बारेमा मेरो बिगतदेखि आफ्नै धारणा छँदै थियो । उहाँले पढेको र बुझेको माक्र्सवाद के थियो त्यो कुरा नगराँै तर आफूले पढेको, बुझेको र भोगेको माक्र्सवाद पनि खतरा अवस्थामा परेको छ । त्यसैले यो अवस्थाबाट पार लगाउन सबै नेता, कार्यकर्ता, बौद्धिक समुदाय मिलेर छलफल गरेर समाजवादको बाटोमा जानु पर्छ ।

मिडिया पनि त्यस्तै खालको छ । न्यूजमा भ्यूज मिसाउनु भएन । न्यूजमा भ्यूज मिसाउनु अपराध हो । भ्यूज त सम्पादकीय र आर्टिकलमार्फत लेख्न पाइन्छ । तथ्य सत्यमा आधारित समाचार लेख्नु पर्यो । चरित्र हत्या गर्नु अपराध हो । मेरो बारेमा पनि केही भ्रम फैलाउन खोजिएको छ ।

म यतिबेला नयाँ सदस्यता बितरण गर्न थालेको होइन । माओवादीको पूरै रेकर्ड छैन । पूर्व नेकपा माओवादी केन्द्र त ११ वटा समूहहरुबाट एकता भएर बनेको हो । अहिले पूर्व माओवादी केन्द्रको अभिलेखीकरण गर्न जरुरी छ । सदस्यताको रेकर्ड थिएन । कोही नछुटोस् भनेर अभिलेखीकरण गरिएको हो । पहिला आफ्नो ठाउँमा अभिलेखीकरण गर्नु पर्यो । नेकपा माओवादी केन्द्रको पहिचान चाहियो नि पहिला ।

यो सल्लाह बमोजिम नै भएको हो । मैले ब्यक्तिगत रुपमा गरेको होइन । संगठन विभागमा छलफल भएको छ । अर्को अध्यक्षसँगको कुरै होइन । कार्यकारी अधिकार लिएको अध्यक्षसँग सल्लाह भएरै गरिएको हो । म नयाँ सदस्यता भर्न गएको होइन । सदस्यता फारम यस्तो हुन्छ भनेर गएको हो । कसैको नाम नछुटोस् भनेर फारम यस्तो छ भनेर देखाउनु गलत हो र ? हामीलाई अन्य ठाउँको बारेमा थाहा छैन तर प्रदेश नं २ मा यो काम गर्नु भनेर भनेको छौँ ।

यो बारेमा भ्रम कसैलाई नपरोस् कि अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको एकीकृत माओवादीको बिराटनगर सम्मेलनको रेकर्ड रहेछ बाँकी केही पनि रहेनछ । बाँकी रहेको हाम्रो रेकर्ड पनि बनाउने र माओवादीको नामको पूरै रेकर्ड तयार पार्ने । उता पूर्व एमालेहरुको पनि छँदै छ । त्यो दुई वटै मिलाएर फेरी जिल्लामा पठाउने सल्लाह भएबमोजिम सदस्यता अभिलेखीकरण गर्ने काम भएको हो ।

पूर्व माओवादीको सदस्यता को को हो त्यो नेकपा एमालेलाई थाहा हुन्छ ? एमालेको सदस्यता को को हो त्यो सबैलाई थाहा हुन्छ ? त्यही भएर अभिलेखीकरण गर्नु परेको हो ।

अहिलेको नेकपाप्रति चित्त नबुझेर, अलग पार्टी खोल्दै छन्, अलग सदस्यता बनाउँदै छन् भन्ने पूरै झुटको खेती हो । कोही चाहिँ पार्टीलाई पूरै आफ्नै बिर्ता ठान्दा रहेछन्, उनीहरुबाटै फैलाइएको आरोप हो यो । पार्टी नै फुटाउने भए सबैलाई भनेरै फुटाइन्थ्यो नि । मैले पहिला अध्यक्षबाट अलग हुने बेलामा पनि तीन महिना अघिदेखि नै तपाईँसँग रहन सकिदैन भनेरै अलग भएको हो ।

म चुनौती दिन्छु, जसले जुवाको खालमा गएर सदस्यता बितरण गरेका छन् त्यस्ता मान्छेले मलाई आरोप लगाउने ? यो अभिलेखीकरण ०७५ जेठ ३ गतदेखि उताको गर्ने भन्ने कार्यकारी अध्यक्षसँगकै सल्लाह भए बमोजिम गरिएको हो । यो माथिबाटकै रुलिङ हो । यो स्थायी समितको निर्णयमा उल्लेख छ । महाधिवेशनअघि नै केन्द्रीय समितिको सदस्यता अभिलेखीकरण गरेर नवीकरण गर्नुपर्यो भन्ने निर्णयमै छ । हाम्रो संगठन विभागको निर्णयमा पनि यो कुरा उल्लेख छ । असोजसम्म अभिलेखीकरण गर्ने र कात्तिक, मंसिरसम्म नवीकरण गर्ने भन्ने छ । यो अभिलेखीकरण तत्कालीन पार्टीहरुको हैसियतमा भएको हो यसमा कुनै अनर्थ लगाउनु पर्दैन । कुराकानीमा आधारित । समयबद्ध साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here