आजदेखि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन हुने

214

काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ ।

मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

मन्त्रालयले दशैँ बिदाका बेलामा कोभिडद्द१९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालबाट गरी निरन्तर दुई सय ६० दिनदेखि कोभिड–१९ का बारेमा जानकारी गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here