नागरिक अभियन्ताद्वारा वृहत संयुक्त नागरिक आन्दोलनको तयारी

206

काठमाडाैं – नागरिक अभियन्ताहरुको अगुवाईमा वृहत संयुक्त नागरिक आन्दोलन २०७७ को तयारी भएको छ । नेपाल नागरिक आन्दोलन, नेपाल वौद्धिक मन्च, स्वतन्त्र नागरिक समाज लगायतको अगुवाई र समन्वयमा वृहत नागरिक आन्दोलनको तयारी सुरु भएको हो ।

वृहत संयुक्त नेपाल नागरिक आन्दोलनले हाल ५७ जिल्लामा आफ्ना साखा संगठन सन्जाल बिस्तार गरी आन्दोलनको तयारीलाई तीव्र बनाएको छ  । नेपाल वृहत संयुक्त नागरिक आन्दोलनको संयोजन नागरिक अभियन्ताहरु डा. ठाकुर मोहन श्रेष्ठ, डा. उत्तम कर्माचार्य, डा.केवी रोकाया, प्रेम कैदी र हेमविक्रम सिलवालले गरिरहनु भएको छ । समानविचार र उदेश्य भएका अन्य समुहहरुलाई पनि गोलवन्ध गरिने जनाइएको छ ।

स्वतन्त्र नागरिक समाजका अध्यक्ष हेमबक्रिम सिलवालले दिएको जानकारी अनुसार हाल कोरोना महामारीको प्रकोप र दशैं, तिहार तथा छठ जस्ता महान पर्वहरुका कारण वृहत संयुक्त नागरिकको स्वरुप र रुपरेखा तयार गर्न राष्ट्रव्यापी भेला पनि छठपछि आयोजना गरिने भएको छ । संयोजक सिलवालका अनुसार यस पटकको नागरिक अन्दोलन वारपार गर्ने गरी सुरु हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here