जङ्गबहादुर बेलायत भ्रमणमा देशको राष्ट्रिय गानका रूपमा बजाइएकाे राजमति कुमति भिडियाे सार्वजनिक

465

काठमाडौं –   नेपालभाषाको चर्चित लोक गीत राजमति कुमति जिके वःसा पिरतिकाे नयाँ सार्वजनिक भएकाे छ ।

ऐतिहासिक लोकगीतको दर्जामा राखिएको यस गीतलाई जङ्गबहादुरको बेलायत भ्रमणको बेला नेपालको राष्ट्रिय गानका रुपमा बजाइएको एतिहासमा उल्लेख छ । जसमा गोल्डेन भ्वाइस अफ नेपाल भनेर चिनिनुहुने प्रेमध्वज प्रधानको स्वरमा रेकर्ड गरिएको थियो । साथै सेतुरामले स्वरमा पनि रेकर्ड गरिएको थियो ।

हाल यसै  गीतको नारी संस्करणको रुपमा गायिका अगिना तण्डुकार शाहीको स्वरमा राजमति कुमति गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा गायिक अगिनाले पनि अभियन गरेकी छिन् भने रोशन शाक्य र दृष्टि जोशीको मुख्य भूमिका रहेको छ । दृष्टिले यसै म्युजिक भिडियोबाट डेब्यु गरेकी हुन् ।

यो म्युजिक भिडियोको निर्देशनको साथमा गीतको रचना पनि पवन जोशीको रहेको छ भने छायाङ्कन र दृश्य सम्पादन राजेश शाक्यले गरेका छन् भने काठमाडौं उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरको विभिन्न स्थानमा गीतको छायाङ्कन गरिएको छ । लोक लयमा आधारित गीतको संगीत संयोजन संगीतकार अनिल तुलाधरले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here