काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेत्री मनीषा कोइरालाले हिजाे भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
भेटका क्रममा अभिनेत्री कोइरालाले देशको समसामयिक राजनीति, कोभिड १९ को समस्या र समाधानको उपाय, कलाक्षेत्रको समस्या तथा देशको आर्थिक विषयमा समेत चासो राख्नुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्था, कोभिडले पारेको असर तथा देशको राजनीतिक, आर्थिक विषयसहित समसामयिक कुरा राख्नुभएको प्रेस सल्लाहकार थापाले जनाउनुभयाे ।

















