वैशाख १२ मा काष्ठमण्डपको उद्घाटन गर्ने तयारीमा

137

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै दिन पारेर उद्घाटन गरिने जानकारी दिए । दिउँसो शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन वसन्तपुर दरबारक्षेत्र पुगेका  मन्त्री ज्ञवालीले बैशाख १२ गते उद्घाटनगर्ने जानकारी गराए ।

‘काष्ठमण्डपको पुनर्निर्माणको अवस्था देख्दा स्थानीय जनतासहितको सहभगितामा सम्पदा निर्माणमा नमूना काम भएको देखेको छु-उनले भने ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन बैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भैरहेको बताए । उनले काष्ठमण्डप पुननिर्माण समितिले गरेको कामको प्रशंसा गर्दै तोकिएकै समयमा सम्पन्न गर्नु मुख्य दायित्व रहेको बताए ।

काष्ठमण्डप पुननिर्माण समितिका  संयोजक एवं वागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आएपनि तोकिएकै समयमा पुननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । ‘हामीले एतिहासिक जिम्मेवारी पाएका छौ, त्यसलाई पुरा गर्नेछौ । यो हाम्रो मुख्य कर्तब्य हो,’ उनले भने ।

उनका अनुसार काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपैयाँ लाग्नेछ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९ करोड रुपिया अनुमान गरिएको थियो ।

काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

पुननिर्माणमा प्रयोग भएको प्रविधिबारे जानकारी  दिँदै संयोजक एवं प्रदेश संासद शाक्यले भने,’हामीले सातौं शताब्दीकै प्रविधि प्रयोग गरेका छौ । माटो र त्यसबेला  प्रयोग गरेका समाग्रीलाई  लिएर पुनर्निर्माण गरेका छौ । सातौ शताब्दीमै प्रयोग गरिएको साइजको इट्टा प्रयोग गरेका छौं ।’ अहिले करिब ७५ प्रतिशत काम सकिएको छ ।

काष्ठमण्डप पुननिर्माण सक्न करिब १३ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ । समितिले २०७५ वैशाख ३१ मा काम सुरु गरेको थियो । महानगरपालिका र समितिबीच जेठ २९ गते सम्झौता भएपनि पुनर्निर्माण शुरु भएको थियो । पुनर्निर्माण भैरहेको काष्ठमण्डप चार घेराको सय वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक-एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ ।

काष्ठमण्डपको पुननिर्माण गर्न ठूलो र सानो आकारको गरी २ लाख थान  माःअप्पा इट्टा लाग्ने अनुमान गरिएको छ । ठुलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इट्टा आवश्यक पर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here