काेभिड १९ विरुद्धको खोप ल्याउन अध्यादेश ल्याउँदै सरकार

445

काठमाडौं – सरकारले कोरोना भाइरसको खोप आयात गर्ने प्रयोजनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–१९ खोपहरूको परीक्षण अन्तिम चरणमा पुगिरहेका बेला सरकारले त्यसको आयातका लागि कानूनी बाधा फुकाउने तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पनि यसको पुष्टि गरेका छन् । विराटनगरमा बिहीबार आयोजित एक कार्यक्रममा उनले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको बताए ।

रुस, बेलायत, अमेरिका, रुसलगायतका देशले तयार पारेका खोपको परीक्षण अन्तिम चरणमा पुगेका छन् । रुसले तयार पारेको खोपले ९२ प्रतिशत काम गरेको बताइएको छ ।

कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here