विमानस्थल क्षमता विस्तारका लागि एडिबीको थप १८ अर्ब ऋण

332

एसियाली विकास बैंक (एडिबी)ले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि थप १८ अर्ब ऋण दिने भएको छ । नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि एडिबीले दिने १५ करोड अमेरिकी डलर ऋण एडिबीको बोर्ड बैठकले स्वीकृत गरेको बैंकले पनि जानकारी गराएको छ ।

एडिबीको उक्त ऋण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको क्षमता विस्तारका लागि प्रयोग हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणका लागि एडिबीले ऋण स्वीकृत गरेको हो । भैरहवामा पहिलो चरणको भौतिक निर्माणका लागि पनि एडिबीले नै ऋण उपलब्ध गराएको थियो । जसको निर्माण अझै सम्पन्न भएको छैन ।

प्राधिकरणले विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि डिजाइनको काम भइरहेको जानकारी दिएको छ । दोस्रो चरणको काममा टर्मिनलबाहेक समानान्तर ट्याक्सी वे, पार्किङ वेजस्ता संरचना निर्माण गर्ने बताइएको छ ।  ऋणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वेको निर्माण, एप्रोन तथा पार्किङजस्ता पूर्वाधार निर्माण हुनेछन् । हालको नेपाली सेनाको ब्यारेक कायमै राखेर नयाँ पूर्वाधार निर्माण तथा विस्तार हुने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here