महोत्तरीमा ६ बर्षीया बालिकाको हत्याको बिरोधमा आरोपीको तीन तले घर जलाए (भिडियो सहित )

401

बर्दिवास – महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव भेटिएर हत्या भएको प्रमाणित भए पछि आक्रोसित स्थानीयले आरोपीत व्यक्तिको घरमा ढुंगा मुडा गर्दै आगो लगाएका छन् ।
प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले राजमार्ग समेत अबरुद्ध गरे पछि प्रहरीले गोली चलाएर प्रदर्शनकारीलाई पछि हटाएको छ । यसबाट तीन जना प्रदर्शनकारी घाईते भएका छन् । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको थियो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका छन् ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने शव परीक्षणपछि थप कुरा खुल्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here