आत्मसमर्पणवाद र विद्रोहको चौबाटोमा खडा प्रचण्ड

82

–हुकुमबहादुर सिंह

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्व राजनीतिक मान्यता र संगठनात्मक चेतको गोलचक्करमा रुमल्लिएको छ । हिंजोका प्रतिगमनकारीहरु, २०५२ सालदेखिको माओवादी जनयुद्ध र २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनका विरोधीहरुलाई खुशी बनाउने हिसावले ओली सरकारका निर्णयहरु भइरहेका छन् । एकप्रकारले ओलीबाट राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई वैदेशिक तथा देशीय प्रतिक्रियावादी शक्तिहरुका हितमा लैजाने काम भइरहेका ेछ । नेकपा९नेकपा० भित्रका राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई देश र जनताको पक्षमा देख्न चाहनेहरुले गम्भीर भएर सोच्ने समय आएको छ कि ओली न विगतमा २०५२ सालदेखिको माओवादी जनयुद्धको पक्षमा रहे न एकतापछि रहेका छन् ,  न  त २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनका एजेण्डाका पक्षमा थिए र न अहिले रहेका छन् । कुरा स्पष्ट छ दाहाल, नेपाल, खनाल र गौतमहरु, जो २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनका एजेण्डाका पक्षमा नेतृत्वदायी भूमिकामा थिए, बाट ओलीका अगाडि रोइकराई गर्नुको के अर्थ रहन्छ र रु अझ झन २०५२ सालदेखिको माओवादी जनयुद्धको नेतृत्व गरेका र २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनका योजनाकारमध्ये एक दाहालबाट ओलीका अगाडि लम्पसार परेर रोइकराइ गरेर देश र जनता र उनकै व्यक्तिगत फाइदाकालागि पनि खासै उपलव्धीमूलक काम हुने सम्भावना देखिदैन । तर किन हो दाहाल माहादेव र पार्वतीका वरीपरी गणेशले चक्कर लगाएझै ओलीको वरीपरी चक्कर लगाएर आफ्नो समग्र राजनीतिक तथा वैचारिक स्तरलाई जनताको अगाडि सून्यमा विलिन गराउन खोजिरहेका छन् ।

भरखरै उनी लगायत नेकपा९नेकपा० का अन्य केही नेताहरुद्धारा ओलीका गलत कार्यशैली तथा देश र जनताका पक्षमा नभएका ज ेजस्ता निर्णयहरु गरे तिनका विरुद्ध सचिवालयको बैठकमा प्रस्तुत गर्नका लागि ९ पृष्ठको प्रस्ताव लैजाने तयारी गरे, ओली क्याम्पमा भूकम्प गएको छ । तर उनीहरु चाहन्छन्, त्यो भूकम्प दाहाल, नेपाल,खनाल र गौतममा बुमे¥याङ बनोस् । ओलीलाई यो प्रस्तावले खासै असर नपारोस् । हुन पनि हो कि सम्भावना यही देखिदै छ, यदि दाहालले एउटा बलियो निर्णय गर्ने हिम्मत गरेनन् भने । तर सम्भावना के बलियो देखिन्छ भने दाहालले यो प्रस्तावलाई फिर्ता लिएर पुनः ओलीको प्रतिगमनलाई सहयोग र साथ दिने छन् । किनभने ओलीसंग प्रतिमनतर्फ देशलाई लैजाने पदको लिष्ट र पैसाको थैलीजस्ता  यस्ता अनेकौ बाटा छन्, , जसका अगाडि नेकपा९नेकपा० का कुनै पनि नेता तथा कार्यकर्ता टिक्न सक्ने हैसियत राख्दैनन् । फेरि योसँगै ओलीसंग अनेकौ यस्ता बलिया हतियार छन,जसको माध्यमबाट ओलीले आफनो वरीपरी पूर्व एमालेलाई एकगठ राख्न सक्ने छन्, जो उनले त्यसको पूर्व तयारी गरिसकेका छन् ।  त्यो भनेको उनले दिने नारा पूर्व एमाले एक हांै हो । । पूर्व एमाले एक हांै को नारालाइृ मान्नेहरुको जमात कार्यकर्तादेखि नेतासम्म नेकपा९नेकपा० भित्र बलियो छ । उनले सबैलाई तह लगाउन एउटा जाल फयाँकि सकेका छन्–नेकपा९नेकपा० को नेतृत्व दोस्रो तहका नेताहरुमा हस्तान्तरण गर्ने भनेर । यो उनको अति विकाउ नारा हुनेछ, जसले दाहाल, नेपाल, खनाल र गौतम आदि सबैलाई एकैसाथ तह लगाउने छ । साथै ओलीको पूर्व एमालेलाई एकगठ राख्न सक्ने काम नेपालमा विद्यमान एनजीओ, आइएनजीओहरुको बलियो सञ्जाल पनि हो, जसमा सामुदायिक उपभोक्ता समूहहरुदेखि ठूलाठूला पैसाको कुम्लो कुटुरो बोक्ने बुद्धिजीवीहरुको एनजीओ, आइएनजीओहरुमा कार्यरत बलियो जमात छ । अब दाहालले पूर्व माके एक हौं भन्दा दुई पटक सोच्नेहरुको बाहुल्यता उनको पूर्व माकेभित्र झन् झन् बलियो बन्दै छ  । भोलि विहान यस्तो नहोस् दाहालले आफ्ना नेता तथा कार्यकर्ताहरु ओलीलाई बुझाएर पार्र्टीबाट उनी बाहिरिन नपरोस् । यो अवस्था दाहालका लागि पिडादायक त हुने छ नै समग्र माओवादी आन्दोलनको इतिहासको व्याजमा रमाउने उनको चाहना पनि भताभूङ्ग हुनेछ ।

पर्टी सचिवालयमा पेश गरिने प्रस्तावनामा उनले ओलीका कारण कम्युनिष्ट आचरण र मूल्य मान्यतामा भयानक ह्रास आइरहेको आरोप ओली माथि लगाएका छन्, त्यसमा केही सत्यता अवश्य छ तर त्यो भन्दा पनि बढ्ता उक्त आरोपका लागि स्वयम् दाहाल पनि कम जिम्मेवार देखिदैनन् । नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पद र पैसाका निमित्त जे पनि गर्न उद्यत हुने घोर व्यक्तिवादी र अराजकताजवादी प्रवृत्तिका लागि ओलीभन्दा उनी कम जिम्मेवार छैनन् भन्ने उनको विगत इतिहास साक्षी छ ।  क्रान्तिकारी आचरण र लोकतान्त्रिककरणको प्रक्रिया विलोप गराउने नेताहरुमध्ये दाहालको नाम अग्रपंक्तिमै सम्झन्छन् नेपाली जनता ।

अहिले बहुदलीय जनवाद’ र ‘२१ औं शताब्दीको जनवाद’ को अनावश्यक बहस चलाएर समय वर्वाद गर्नेभन्दा अवको परिवर्तनको कार्यदिशा समाजवाद भन्न नसक्ने दाहालबाट ओृलीभन्दा फरक रुपले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहने काम हुन्न भन्ने आधार के छ रु

अब नेकपा९नेकपा० मालेमावादी संगठनात्मक, सिद्धान्त र विधि–पद्धतिबाट चल्ने संगठन रहेको छैन । किनभने यो कम्युनिस्ट पार्टी नै होइन , यो पूर्व एमालेको एनजीओ आइएनजीओ विचारमा आधारित पार्टी हो । एनजीओ आईएनजीओ विचारमा आधारित पाटीलाई कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त जनवादी–केन्द्रीयताको सिद्धान्तमा चलाउने कुरा गर्नु दाहालले आफूले आफैलाई ठग्नु हो ।

दाहालले आफ्नो प्रस्तावमा कमरेड ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्टीको यो संगठनात्मक सिद्धान्त र मान्यताहरुको विल्कुल विपरित रहेको छ भनेर किन भनिरहेका छन् रु जवकि स्वयम ओली भन्दै छन् म कम्युनिस्ट नै होइन । यो अर्थमा ओली इमान्दार छन् । प्रचण्डले कम्युनिस्टको नाममा अझै भ्रमको खेतीगर्ने प्रयास गदैछन् । दाहालका लागि अव केवल दुइटा मार्ग देखिएका छन् , प्रथम विद्रोही प्रचण्ड बन्ने कि आत्मसपर्णवादी दाहाल रु उनका लागि अबको मार्ग पछिल्लो नै सजिलो होला किनभने उनले विश्व साम्राज्यवाद र भारतीय विस्तारवादका अगाडि विद्रोही प्रचण्डलाई बुझाइ सकेका छन् । यद्यपि इतिहासले उनलाई अहिले यस्तो चौवाटोमा एक पटक खडा गरिदिएको छ, त्यो चौबाटो हो आत्मसपर्णवादी दाहाल कि विद्रोही प्रचण्ड रु गन्तब्य के लिने रु वैद्य, विप्लव र भट्टराईलाई साथ दिएर एउटा आमूल परिवर्तनतर्फको नेतृत्व स्विकार गरेर आवश्यक परे बरु जेल नेल र हत्कडी लगाउन तयार जनताको नेता वा ओलीजस्ताको बैशाखीमा पूर्व एमालेको अगाडि लम्पसार पर्दै वेइजति र अवहेलनाको पात्र बनेर पार्टी अध्यक्ष र भावी प्रधानमन्त्री बन्ने सपनामा रमाउने ? –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here