काठमाण्डौ / भारतको सिमा रक्षाका लागि दाङ्ग तुलसीपुरका ३० वर्षीय प्रेम केसीको ज्शयान गएको छ । तुल्सिपुर उपमहानगरपालिका वडा न ९ बेलुवा घर भएका बर्ष ३० का प्रेम बहादुर केसीको मङ्सिर १२ गते पाकिस्तानी सैनिकको आ क्र मणमा परि ज्या न गएको हो । १४ बर्ष अघि ईन्डियामा गोरखा सैनिकमा भर्ति भएका केसि केही दिनमै विदामा घर आउने तयारीमा थिए। परिवारमा उनको बुवा, आमा, श्रीमती र दुई छोराछोरी रहनु भएको थाहा भएको छ ।
उनले घरमा फोन गरि आफ्नो लागि बुलेट बाईक समेत किन्न लगाएका थिए उक्त बाईक घरमा आईसकेको छ तर वि डम्बना उनको यस्तो अवस्था परिवारले भोग्नु पर्यो ।
घटना भएपछि उता बाट एक्कासि फोन आयो जति बेला श्रीमतीले भान्सामा पकाउनको लागि तरकारी बनाउदै हुनुहुन्थ्यो । यस्तो खबर एक्कासी सुनेपछि श्रीमती बे होस हुनुभएको जनाईएको छ ।


















