२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा युवकलाई थुनामा राख्‍न आदेश

62

हेटौंडा — जिल्ला अदालत मकवानपुरले बलात्कार गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि नामा राख्‍न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको शुक्रबार बसेको इजलाशले स्थानीय २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वाग्मती गाउँपालिकाका २४ वर्षीय दावा पाख्रिनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

आरोपीलाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ । पाख्रिनले कात्तिक ५ गते घरमा कोही नभएको अवस्थामा युवतीलाई बलत्कार गरेको पीडितका परिवारले बताएका छन् ।

यसैबीच, मकवानपुरको मनहरी गाउँपालिकामा २ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १९ वर्षीय हरिशरण गिरीलाई पक्राउ गरेको छ ।

बालिकालाई चकलेट दिन्छु भन्दै फकाएर जबरजस्ती करणी गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here