रौतहटको गरुडा नगरपालिका-५ शिवनगर मन्दिरमा भइरहेको विवाहमा हस्तक्षेप गरी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । इशनाथ नगरपालिका-३ औरैयाका पुरोहित चौबेसहित बेहुला र बेहुली दुवै पक्षकालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
१५ वर्षीया बालिकाको २४ वर्षका युवकसँग विवाह गराउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।
धनसम्पतीको प्रलोभनमा पारी बालिकाको विवाह भइरहेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको उपरिक्षक शाहले बताए । पक्राउ परेकाहरुलाई बालविवाह सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।
फरक क्षमता (बहिरा) युवकसँग १५ वर्षीया बालिकाको विवाह भइरहेको बेला उनीहरुलाई मन्दिरबाट पक्राउ गरिएको हो ।