काठमाडौं–दिल्ली उडान सुरु

51
काठमाडौं -बिहीबारदेखि काठमाडौं–दिल्ली नियमित उडान सुरु भएको छ । गत चैतयता कोभिड–१९ का कारण प्रभावित हुँदै आएको नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः सञ्चालनमा आएको हो ।

बिहीबार बिहान सवा ११ बजे नेपाल एयरलाइन्सको ए–३२० न्यारोबडी जहाजबाट औपचारिक रुपमा नियमित उडानको शुरुवात गरिएको हो ।

सवा ११ बजे काठमाडौंबाट दिल्ली उडेको जहाजले आजै दिउँसो २ बजे दिल्लीबाट काठमाडौं फ्लाइट गर्ने नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

कोभिडपछि पहिलो पटक भएको जहाजमा अक्कुपेन्सी (प्यासेन्जर) राम्रो रहेको प्रवक्ता श्रेष्ठले रातोपाटीसँग बताइन् । तर, कति प्यासेन्जर बोकर जहाज उड्यो सो भने तथ्याङ्क निगममा आइन नसकेको उनले बताइन् ।
‘टिकट काटेका, बुकिङ्ग गरेका सबै प्यासेन्स जान्छन् भन्ने छैन, कति प्यासेन्जर पिसिआरका कारण पनि नजान सक्छन्,’ प्रवक्ता श्रेष्ठले भनिन्, ‘बोर्डिङ पास भइसकेपछि मात्र उड्ने यात्रुहरुको एकिने हुने हो । त्यो डाटा निगममा आउन बाँकी नैछ ।’

श्रेष्ठका अनुसार आजै दिउँसो दिल्लीबाट काठमाडौं फर्किने फ्लाइटमा समेत राम्रो कक्कुपेन्सी रहेको छ ।

गत चैतदेखि कोभिडका कारण रोकिँदै आएको काठमाडौं–दिल्ली नियमित उडान खोल्ने विषयमा लामो समयदेखि तयारी भइरहेपनि केही समयअघि मात्र नेपाल सरकार र भारत सरकार फ्लाइट खोल्न तयार भएका हुन् ।
योसँगै अब नेपाल–भारत दैनिक एकरएक वायुसेवाबाट उडान हुनेछ ।

बिहीबारबाट नियमित उडान शुरु गरेको निगमले यात्रुको चापसँगै ठूलो जहाज समेत उडाउने तयारी गरेको छ । सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here