वीरगञ्ज भन्सार चालू आवको ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठायाे

249

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठाएको¡ छ । यो भन्सारले चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा २९ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ संकलन गरेको हो ।

आयातनिर्यात कारोबारका आधारमा मुख्य भन्सार मानिएको वीरगञ्जले तोकिएको लक्ष्य भने भेट्टाउन सकेन । निर्धारित लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए । ५ महीनाका लागि वीरगञ्ज भन्सारलाई ३५ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ राजस्व उठाउने जिम्मा दिइएको थियो ।

अघिल्लो आव २०७६/७७ को समीक्षा अवधिमा यो भन्सारले ३८ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ उठाएको थियो । यो रकम लक्ष्यको तुलनामा करीब ७३ प्रतिशत थियो । त्यस अवधिका लागि भन्सारले ५२ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको लक्ष्य पाएको थियो ।

चालू आवमा राजस्वमा मुख्य योगदान दिने इन्धन र सवारीसाधनको आयात घटेकाले राजस्वमा कमी आएको भन्सारले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here