यतीकोे एटीआर ७२–५०० सिरिजको पोखरा–काठमाडौं उडान सुरु

151

काठमाडौं/ यती एयरलाइन्सले बुधबारदेखि ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडानमा सुरु गरेको छ ।

यतीका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुइटा उडान एटीआर ७२–५०० बाट गर्ने तालिका बनाएको हो । एटिआर बाहेक यतिले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने जानकारी दिएको छ ।

एटिआर बाहेक यतीको काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बने पनि १० वटासम्म उडान नियमित भइरहेको छ । राईका अनुसार यतीले हालका लागि एटिआर ७२ को दैनिक दुई उडान पोखराका लागि राखेको छ । हरेक दिन बिहान साढे ७ र ९ बजे उडान गर्ने तालिका रहेको राईले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here