थारु समुदायकाे जितिया पर्व सुरु

44

काठमाडौं। तराईका थारू समुदायका महिलाहरुले आजदेखि जितिया पर्व सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।

योसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन् भने माइत आउन नसक्‍नेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् ।

तर, यसवर्ष भने काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाहरूले यसवर्ष पनि जितियालाई घरमै मनाउने तयारी गरेका छन्।

थारू महिला समाज, उपत्यका समितिले काठमाडौंको राष्ट्रिय नाचघर जमल, थारू महिला सभाले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप र थारू, संगीत कला मन्दिरले कुपण्डोलमा छुट्टाछुट्टै जितिया महोत्सवको आयोजना गरेपनि देशको पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गर्दै सभा,समारोह स्थगित गरेका छन् ।

 

थारू महिला समाज उपत्यका समिति अध्यक्ष सुशीला चौधरीले गरेपनि देशको पछिल्लो विषम परिस्थितिलाई ख्याल गर्दै जितिया पर्वको कार्यक्रम स्थगित गरेको जनाइन् ।

उनले सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिने गरेको जनाइन्।

थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाई/ लहाइ अर्थात नुहाए खाने दिन आज (शनिबार), ब्रत (आइतबार) र समापन (सोमबार) रहेको छ ।

उनले अनलाइनखबरसँग भनिन्, ‘ थारू समुदायको महान् पर्व हो- जितिया । महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन्।’

मुख्यतः पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाउँदै आएका छन् । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने (नाच/गान) गर्ने चलन छ ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरुले २०६१ सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउँदै आएको थारू महिला समाजकी केन्द्रीय अध्यक्ष गीता चौधरीको भनाइ छ ।

उनले भनिन्, ‘थारु महिलाहरुले विगत २० वर्षदेखि काठमाडौंमा प्रत्‍येक वर्ष जितिया पर्वलाई राष्ट्रिय महोत्सवको मनाउँदै आइरहेका छौं। यस वर्ष पनि पर्यटन बोर्डको हलमा मनाउँदैछौ।’

थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाई/ लहाइ अर्थात नुहाए खाने दिन आज (शनिबार), ब्रत (आइतबार) र समापन (सोमबार) रहेको छ ।

वर्तालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना ( खैर) र माटो चढाउने गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन वर्तालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।

 

जितियाको अन्तिम तथा पारन (समापन)को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here