काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन र अतिक्रमित जग्गा फिर्ता गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन ।
११ विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सिंहदरबार बोलाएर उनले छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले ३ वटा विषयमा चासो देखाएका उपकुलपतिहरूले बताएका छन् । ‘पहिलो, विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनसहित प्राध्यापक, कर्मचारीको संगठन हटाउन भन्नुभयो । दोस्रो, अतिक्रमित जग्गा जमिन फिर्ता ल्याउन निर्देशन दिनुभयो । तेस्रो, शैक्षिक क्यालेन्डर कडाइपूर्वक लागू गर्न आग्रह गर्नुभयो,’ बैठकमा सहभागी एक उपकुलपतिले भने ।

















