ओलीपक्षीय नेताहरूको बालुवाटार भेला सकियाे

98

काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको बालुवाटार भेला सकिएको छ।

भेलामा विघटित प्रतिनिधि सभाका १ सयभन्दा बढी सांसद तथा केन्द्रीय नेता सहभागी थिए। पूर्वमाओवादीबाट लेखराज भट्टमात्र सहभागी थिए।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here