अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चले कोरोना प्रभावित परिवारलाई राहत वितरण

45

वीरगञ्ज – नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चले तराईका विभिन्न जिल्लामा ६ लाख बराबरको राहत वितरण गरेको छ ।

कोरोनाका कारण प्रभावित बनेका पर्साको अलौ, सुगौली, लक्ष्मीपुर, रौतहटको गरूडा, सर्लाहीको चन्रद्ररनगरका दलित विपन्न समुदायलाई राहत वितरणद गरिएको हो ।

मञ्चका अनुसार तराईका तीन जिल्लामा ४ सय परिवारलाई प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, तेल, नून र मास्क १/१ प्योकट, नुहाउने र लुगा धुने साबुन वितरण गरिएको छ।

मञ्चले जाजरकोटमा १०३ र कालीकोटमा १६३ परिवारलाई पनि राहत वितरण गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीबाट रकम संकलन गरी नेपालका दलित विपन्न समुदायलाई राहत वितरण गरिएको मञ्चले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here