सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने

61

काठमाडौँ – कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको विघटन गर्ने सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने निर्णय गरेको छ ।

कांग्रेससहित नेकपा र जनता समाजवादी पार्टीका नेताहरू सहभागी उक्त बैठकले प्रतिनिधिसभाको विघटन गर्ने सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने निर्णय गरेको हो ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरेपछि त्यसको प्रतिरोधका लागि कांग्रेसले सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकले संसद् विघटन गर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्धमा साझा प्रतिकार गर्ने निर्णय गर्दै तीनै दलले मंगलबार केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकले सरकारको असंवैधानिक कदमविरुद्ध विरोधका कार्यक्रम र पार्टीका थप रणनीति बनाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठ, नेता वर्षमान पुन सहभागी थिए। कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र शीर्ष नेता सहभागी थिए भने जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र शरतसिंह भण्डारी सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here