काठमाडौं-नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीज्यूको ८२ औं जन्मजयन्तीको अवसरमा ‘गिरिजाप्रसादया समालोचना’ पुस्तक विमोचनको अवसरमा तीन पत्रकार सम्मानित भएका छन् । गत शनिबार शङ्खरापुर नगरपालिकास्थित सक्व सभाहलमा भएको कार्यक्रममा विगत तीन दशक लामो समयदेखि हालसम्म क्रियाशिल रहनु भएका उज्यालो नेर्टवकका पत्रकार कुमार रञ्जित, नेपालभाषाका प्रथम महिला सञ्चारकर्मि सिल्भिया राजोपाध्याय तथा लावण्य सन्देशका पवन श्रेष्ठलाई नगद पाँच हजार सहित पत्र सहित प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिपष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी र फार्मका प्रमुख इञ्जिनीयर राजदास श्रेष्ठले सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल भाषा साहित्यको उत्थानमा महत्वपूर्ण योगदिएका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको जीवन कालमा विभिन्न लेखकहरुको कृतिमाथि गर्नुभएको समालोचनाहरुको संग्रह “गिरिजा प्रसादया समालोचना” पुस्तकको साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मीले गरेका थिए ।
यसका साथै प्रकाश मान सक्व, धर्म राज राजकर्णिकार, लक्ष्मीनारायण शाही र रामेश श्रेष्ठले साहित्यिक रचना पाठ र महाकविको गीत गाउनुभएको कार्यक्रममा महाकविबारे नारद बज्राचार्य र कुञ्ज जोशीले मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रम इञ्जिनीयर राजदास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मीहरू प्रकाशमान सक्व, नरेश वीर शाक्य, नारद बज्राचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

















