पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु

70

गुल्मी – गुल्मीमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राती करिब २ बजे बुटवलबाट खाद्यन्न लिएर तम्घास आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिना खोलामा पैदल यात्रा गरीरहेका रेसुंगा नरपालिका १३ का २६ बर्षका टोपबहादुर रजाली र २३ बर्षका बालकृष्ण भुजेललाई ठक्कर दिदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

उनीहरुको शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ भने ट्रक चालक गुल्मी दरवबार गाउँपालिका ६ चारपालाका २९ बर्षका गोापल टण्डन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here