सञ्चालक गिरफतार गरिएपछि पाउन थाले किसानले उखुको भुक्तानी

150

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोजकुमार अग्रवाललाई बिहीवार साँझ प्रहरीले गिरफतार गरेपछि उखु किसानको बाँकी रहेको रकमको भुक्तानी शुरु भएको छ । लुम्बिनी चिनी उद्योगका मालिक मनोजकुमार अग्रवाललाई वीरगञ्जबाट बिहीवार साँझ प्रहरीले गिरफतार गरी नवलपरासी ल्याएको थियो । जिल्ला प्रशासन कायाएलयमा शुक्रवार उद्योगी अग्रवालले एक हप्त भित्रमा उखु किसानहरुको बाँकी रकम भुगतानी गर्ने लिखित सहमति गरेपछि अग्रवाललाई छाडिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभएको छ ।
एक हप्ताभित्रमा किसानहरुको उखुको बाँकी रकम भुक्तानी गर्ने लिखित सर्तमा अग्रवाल छुटेपछि शुक्रवार नै केही किसानको रकम भुक्तानी गरेर भुक्तानीको काम शुरु भएको बताइएको छ ।
उद्योगपति मनीष अग्रवालको नाममा रहेको यो उद्योग मनीष अग्रवालको मृत्यु भ पछि पछिल्लो दुई वर्षदेखि बन्द अवस्थामा थियो । अग्रवाल परिवारको सम्पति भाईभाईमा बांडफांड गर्दा लुम्बिनी चिनी उद्योग मनोज अग्रवालको भागमा परेपछि उद्योग पुन ः सञ्चालनको तयारी समेत रहेको अवस्थामा प्रहरीले मनोज अग्रवाललाई गिरफतार गरी किसानको रकम चुक्ता गर्न दवाब दिएको हो ।
उद्योगले किसानको बाँकी रकम भुक्तानी गर्ने प्रतिबद्धता गरेका पहिलो दिनमा नै एक करोड १० लाख रुपियाँ भुक्तानी भएको लुम्बिनी चिनी उद्योगका प्रबन्ध निर्देशक विजय गुप्ताले बताउनुभएको छ ।
उद्योगले पुस २४ गतेभित्र सबै किसानको बाँकी रकम भुक्तानी गरी सक्ने गरी भुक्तानीको काम शुरु गरेको बताईएको छ । ई बैकिङ मार्फत सिधा किसानको बैंक खातामा पैसा भुक्तानी गरिएको छ ।
लुम्बिनी चिनी उद्योगले उखु किसानहरुको आठ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको अवश्थामा उखु किसानहरु आन्दोलनका लागि काठमाडौ पुगेका थिए ।
पश्चिम नवलपरासीको कुडियामा रहेको ईन्दिरा सुगर मिलले पनि किसानको पाँच करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ । ईन्दिरा सुगर मिलका मालिक राकेश अग्रवाल अहिले सम्पर्कमा नरहेको र प्रहरीले उनलाई पनि गिरफतार गर्न निगरानी बढाएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी पाठकले बताउनुभएको छ ।
पश्चिम नवलपरासीमा १२ सय उखु किसानले दुई चिनी उद्योगबाट गरि १३ करोड रुपियाँ भुक्तानी पाउन बाँकी छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here