कोरोना बीमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघ्याे

57

काठमाडौं – कोरोना बीमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघेको छ । बीमा समितिका अनुसार सोमबारसम्म कुल २० हजार ७ सय ७५ जना संक्रमितले बीमा भुक्तानी पाएका छन् ।

हालसम्म ४१ हजारल यस्तो भुक्तानीका लागि दाबी गरेकोमा सो संख्यामा बीमितले भुक्तानी पाएका हुन् । सो भुक्तानीका लागि कुल २ अर्ब २ करोड १ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।

भुक्तानी पाउन बाँकीमध्ये ३ हजार ६ सय ७८ जनाको प्रोसेसिङ ७८ जनाको भुक्तानी प्रक्रियामा रहेको ७ हजार २ सय ५४ जनाको फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखामा पठाइएको, २३ वटा फाइल महाशाखाबाट आउन तयारी अवस्थामा रहेको तथा २ हजार ५ सय १२ वटा फाइल सक्बन्धित कम्पनीमा फिर्ता पठाइएको जनाइएको छ ।

 त्यस्तै १ सय ६० जनाको दाबी अस्वीकार गरिएको बाँकी ६ हजार ७ सय ४५ जनाको फाइल भेरिफिकेसनको प्रक्रियामा रहेको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here