डबल नेकपा विभाजन भएपछि धुम्बाराही सुनसान, पेरिसडाँडामा चहलपहल

167

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि केन्द्रीय कार्यालय धुम्बाराही सुनसान छ भने जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा चहलपल सुरु भएको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि धुम्बाराहीलाई केन्द्रीय कार्यालय र पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यालय बनाएपनि धुम्बाराहीमा भने लामो समयदेखि सुनसान जस्तै भएको हो।

पार्टी दुई धारमा विभाजन भएपछि अध्यक्ष प्रचण्ड-नेपाल पक्षको दैनिकजसो बैठक भेला प्रशिक्षण पेरिसडाँडामा भइरहेका छन्। तर धुम्बाराहीमा भने चहलपहल शून्यजस्तै छ।

पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको सचिवालय र स्थायी कमिटीको पटक बैठक बसिसकेको छ। प्रदेश, जिल्ला, जनवर्गीय संगठन र पेसागत संगठनका भेला प्रशिक्षण, दैनिकजसो हुन थालेका पनि छन्। पेरिसडाँडामा भिडभाड बढ्न थालेको छ। तर, ओली पक्षले बालुवाटार र पार्टी प्यालेसमा गर्न थालेपछि धुम्बाराही पार्टी कार्यालय सुनसान छ। दुवै पक्षले अध्यक्षसहित उपाध्यक्ष, प्रवक्ता र सचिवालय सदस्यको कार्यकक्ष यथावत् राखिएका छन्।

गत असोज ४ गते सचिवालय बैठक पेरिसडाँडामा संयुक्त रुपमा बैठक बसेको थियो। त्यतिबेला एकतापछि सुनसानजस्तै भएको पेरिसडाँडा कार्यालय गुल्जारमय भएको थियो। त्यो भन्दाअघि पार्टीका बैठक भेला छलफल प्राय बालुवाटारमा भएपनि एकाध बैठक मात्र धुम्बाराहीमा भएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपतिलाई सिफारिस गरेपछि अनमोदन गरेकी थिइन्। प्रतिनिधिसभा विघटन भएलगत्तै ओली पक्षले कोरोना संक्रमणलाई देखाउँदै पार्टी कार्यालय तालाबन्दी गरेको थियो।

ओली पक्षले धुम्बाराही पार्टी कार्यालय कब्जा गरेपछि प्रचण्ड-नेपाल पक्ष निर्माणाधीन तत्कालीन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न बल्खु पुगेका थिए। मदननगर बल्खुमा प्रचण्ड-नेपाल लगायत नेताहरु पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए।

प्रचण्ड, नेपाल र खनाललगायत नेताहरुले पार्टी कार्यालय आफ्नो पक्षको भएको जनाउ दिएपछि जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका थिए। प्रचण्ड–नेपाल पक्षले पेरिसडाँडा कार्यालयमा बैठक भेला छलफल गर्न थालेपछि ओली पक्षले चार दिनसम्म पार्टी कार्यालय तालाबन्दी खोलेका थिए।

पार्टी कार्यालयमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण भएपछि बन्द भएको कार्यालय खुला भइसकेको कार्यालय सचिव ईश्वरी रिजालले बताए। ‘कार्यालयमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण भएपछि तालबन्दी गरियो,’ रिजालले भने, ‘अहिले कार्यालय खुला भएपनि पार्टीका कार्यक्रम भेला छलफल र प्रशिक्षण भइरहेका छैनन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here