सन्दर्भ राष्ट्रपतिको मर्यादा—मर्यादित काम गरेपछि अमर्यादित हुनु पर्दैन

141

– प्रीति रमण

गृहमन्त्री रामबहादुर थापाले सडकमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध व्यक्त भइरहेको जनआक्रोशलाई चेतावनी दिदै अमर्यादित अभिव्यक्ति दिनेहरुलाई कार्यवाही गरिने अभिव्यक्ति दिएका छन् । गृहमन्त्रीको भनाई अनुसार कारवाहीका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकिएको छ । राष्ट्रपतिले संविधानको संरक्षकको भूमिकामा आपूmलाई प्रस्तुत गर्नुपर्नेमा सो अनुरुप नगरेर देशमा राजनीतिक अस्थिरता निम्त्याउने काम गरेकाले उनी विरुद्ध जनआक्रोश उर्लिएको छ  र सडकमा राष्ट्रपति विरुद्ध नाराबाजी पनि भइरहेका छन् ।
विद्यादेवी भण्डारी देशको राष्ट्रपति भइसकेपछि उनले आफ्ना पति जननेता मदन भण्डारीका सपनाहरुलाई साकार पार्ने भूमिकामा आपूmलाई प्रस्तुत गर्नेछिन् भनेर  आम नेपाली जनताले आशा र विश्वास गरेरका थिए । त्यसमा पनि महिला विद्यादेवी भण्डारी राष्ट्रपति बनेकाले नेपाली महिलाहरूमा निकै हौसला बढेको थियो । नेपाली महिलाहरूको जीवनस्तर माथि उठाउन महिला राष्ट्रपतिबाट निश्चय पनि सकारात्मक पहल हुने अपेक्षा आम महिला जगतले गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपेक्षित कुनै पनि काममा चासो देखाएको पाइएन । संविधानतः राष्ट्रपतिसंग कुनै अधिकार नभए पनि राष्ट्रपतिले प्रतिनिधित्व गर्ने राजनीतिक दलकै नेतृत्वमा दुईतिहाइ बहुमतको केन्द्रीय सरकार रहेको अवस्था छ भने प्रदेश र स्थानीय तहका सरकारहरू पनि राष्ट्रपतिकै प्रतिनिधित्वको पार्टीको बाहुल्यता रहेको अवस्था छ । र साथै सत्तासीन पार्टीको राजनीतिक आदर्श राष्ट्रपति भण्डारीकै पति मदनभण्डारीका विचारहरुबाट निर्देशित भइरहेको अवस्था छ ।
 त्यसैले राष्ट्रपति विद्या भण्डारीले देश र जनताका लागि केही गर्ने चाहना मात्र व्यक्त गर्ना साथ सरकारले उनको चाहनालाई सम्बोधन गर्ने सम्भावना बलियो रहेको अवस्था हो ।  यस्तो अवसर पाउँदा पनि राष्ट्रपतिबाट नेपाली महिलाहरूको उत्थानका लागि कुनै कार्यक्रम सञ्चालन गर्ने प्रयास भएको पाइएन ।
राष्ट्रपतिको नामबाट ‘छोरी पढाउ, छोरीको गौरव बढाउ’ भन्ने नाराका साथ प्रत्येक घरपरिवारमा छोरीलाई शिक्षा अनिवार्य शर्त हुने गरी कार्यक्रम लागू गर्न सकिने अवस्था थियो । यस पंक्तिकारले यस विषयमा यस अघि पनि सुझाव प्रस्तुत गरेकै हो । छोरीलाई पढाउनु भनेको  देशको समृद्धिको ढोका खोल्नु हो । समृद्धिको प्रारम्भिक विन्दु नै चेतना हो । चेतना बिना विकासको अभियानमा कसैले पनि पाइला टेक्न सक्दैन । विकास बिना समृद्धिको परिकल्पना व्यर्थ हो ।
समाजमा चेतनाको जागरण गराउन महिलाको भूमिका निश्चय पनि महत्वपूर्ण हुन्छ । समाजको पछौटेपनको अन्त्यका लागि महिलाहरूमा जागरण आवश्यक हुन्छ । जातिय विभेद, लैंगिक विभेद जस्ता असामाजिक संस्कारबाट छुटकारा पाउन महिलाहरूमा नै जागरणको आवश्यकता हुन्छ । महिलाहरू जागरुक हुने हो भने समाजमा कुनैपनि किसिमको विभेदका विरुद्ध जागरण ल्याउन सहजता हुने निर्विवाद छ । महिला माथि घरकी शिक्षक हुन्, जुन घरमा महिला शिक्षित छिन् त्यस घरका परिवारका सदस्यहरु अशिक्षित होलान् भनेर सोच्न सकिदैन । त्यसैले महिला  यस्तो महत्वपूर्ण शक्ति हो, जसको सहयोग बिना पुरुषको व्यक्तित्व विकास पनि हुन सक्दैन ।
विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति भए पनि पहिलो महिला राष्ट्रपति भएकाले महिलाहरु लक्षित योजनाहरुको अपेक्षा सर्वत्र  भएको थियो । कम्युनिष्ट पृष्ठभूमिबाट आएकी मात्र नभएर महिलामाथि हुने विभेदका विरुद्ध राजनीति गर्ने क्रममा देशको राष्ट्राध्यक्ष जस्तो उच्च ओहदामा पुग्न सफल भएकी विद्याभण्डारीले देशको राजनीतिलाई  नै फाँसीवादतर्पm उन्मूख गराउने लक्ष्यका साथ सरकारले प्रस्तुत गरेको असंवैधानिक कदममा साथ अवश्यपनि दिने काम हुँदैन भन्ने आशा सर्वत्र भएको थियो । सरकारले गरेका सिफारिसहरुमा ‘लालमोहर’ लगाउने काममा मात्र राष्ट्रपतिले आपूmलाई दुरुपयोग गर्नु भनेको आपूmसँग कुनै विवेक छैन भन्ने सन्देश पनि दिनु हो ।
 राष्ट्रपति विद्याभण्डारी महिला भएकै कारणबाट पनि महिलाहरुको हक र हितका निम्ति विशेषरुपमा चासो देखाउनु पर्दथ्यो । राष्ट्रपति कार्यालयमा सांसद पम्फा भुसालको  नेतृत्वमा  सांसदहरुको ठूलो संख्या संसद अधिवेशन बोलाउनका निम्ति निवेदन दर्ता गराउन पुगेको अवस्थामा राष्ट्रपति विद्याभण्डारी लुकेर बसेको खवर बाहिरियो । यो व्यवहारबाट के सन्देश मिल्यो ? राष्ट्रपतिको भूमिकामा विद्या देवी भण्डारीले आपूmलाई प्रस्तुत गर्न चाहनु भएको  सन्देश  अवश्यपनि सकारात्मक गएन । महिला सांसदको नेतृत्वमा संसदको बैठक बोलाउन निवेदन दर्ता गर्न खोजिएको अवस्थामा राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरेर भेटसमेत नदिएर अपमान गर्नु राष्ट्रपतिको लागि  पदीय भूमिकाबाट मिल्दैन ।
राष्ट्रपतिले प्रधानमन्त्री केपीओलीको असंवैधानिक कदमको सिफारिस आउनु भन्दा पहिले आएको सांसदहरुको निवेदनलाई महत्व दिनु पर्दथ्यो । सांसदहरुको निवेदनले देशमा राजनीतिक स्थिरतालाई सहयोग पु¥याउन खोजेको थियो भने प्रधानमन्त्रीको कदमले देशमा अहिले जे भइरहेको छ, यस सम्बन्धमा यहाँ लेखिरहन आवश्यक लागिरहेको छैन ।
राष्ट्रपतिको गलत नियतले नै देश वर्तमान संकटमा फसेको स्पष्ट छ । त्यसैले पनि राष्ट्रपतिका विरुद्ध सडकमा नाराबाजी हुनुलाई स्वाभाविक मान्न सकिन्छ ।
डा. रामवरण यादव राष्ट्रपति रहेका बेला ‘राष्ट्रपति चुरे संरक्षण अभियान कार्यक्रम’ सञ्चालन भएको थियो । त्यसको विरोध कसैले ग¥र्यो ?  त्यस कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनाललाई राष्ट्रपति यादवले जिम्मेवारी दिएर सक्रिय बनाउनुभएको थियो । काम कति प्रभावकारी भयो भन्ने कुरा अलग हो । तथापी राष्ट्रपतिका नामबाट राष्ट्र र समाजको हितका निम्ति कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ भन्ने नजिर बनिसकेको कुरा त्यसै घटनाबाट पनि प्रमाणित भएको छ । राष्ट्रपतिको दोश्रो कार्यकालको जिम्मेवारी प्राप्त गरेकी महिला राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम् दुई छोरीकी आमा समेत हुनुहुन्छ । उहाँ स्वयमले आफूलाई पुरुषहरूबाट अपहेलित ठान्नु परेको अनुभव पक्कै पनि गर्नुभएकै होला ।
महिला भएकै कारणले विधवा जीवनको पीडा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अवश्य पनि आम विधवा महिलाहरूलाई भन्दा अलि बढी नै अनुभव भएको हुनुपर्दछ । देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दा गर्दै अकस्मात रहस्यमय जीप दुर्घटनाबाट हत्या समेत भएकाले मदन भण्डारीको निधनबाट विद्यादेवी भण्डारीलाई विधवा हुँदाको जस्तो पीडा आम महिलालाई अवश्य पनि नभएको होला ! मदन भण्डारीको निधनबाट आम नेपाली महिलाहरूले अभिभावक गुमाएको महसुस गरेका थिए । त्यो बेला मदन भण्डारीको विरुद्धमा नारा लाग्ने कुरा त के कसैले मदन भण्डारीको आलोचना गरेको समेत सुनिदैन्थ्यो ।
मदन भण्डारीको निधन हुनु भन्दा पहिले पनि मदन भण्डारीको विरोध कतै सुनिदैन्थ्यो । आज मदन भण्डारीकै विधवा पत्निको हैसियतबाट राजनीतिमा विशेष अवशर प्राप्त गरेकी विद्यादेवी भण्डारीले मदन भण्डारीकै समेत अपमान हुने गरी काम गरिरहेको अनुभव भइरहेको छ । लोकप्रिय नेता मदन भण्डारीकै नामबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीले महिला उत्थानका लागि देशव्यापी अभियानका रूपमा छोरीलाई अनिवार्य शिक्षा, छोरीलाई निःशुल्क शिक्षा, छोरीलाई अनिवार्य बैंक खाता, छोरीलाई अनिवार्य बिमा अभियानका साथै घर घरमा छोरीका आमाहरूलाई स्वरोजगार तालिम र व्यवसायका लागि कर्जाको व्यवस्था गर्दै समृद्ध नेपाल सुखी नेपालीको सरकारी नारालाई साकार तुल्याउन प्रारम्भिक कदम हुन सक्ने कुरा विवाद छैन । तर राष्ट्रपति भण्डारीको यतातिर आर्कषित भएन । यस्ता कामहरुमा राष्ट्रपति विद्या भण्डारीको  ध्यानाकर्षण हुन सकेका भए  अवश्य पनि सडकमा अमर्यादित नाराबाजी हुने थिएनन् । बरु गाउँ—गाउँमा  र घर—घरमा  राष्ट्रपति विद्या भण्डारीको जय जयकार हुने थियो । त्यसैले राष्ट्रपतिबाट  मर्यादा पाउने खालको काम हुन नसकेकाले नै सडकबाट अमर्यादित लाग्ने खालका नाराबाजीहरु भइरहेका छन् । यो यथार्थलाई बुझ्नु जरुरी छ । –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here