खैरो हेरोईनसहित दुई पक्राउ

57

काठमाडौँ – झापा र मोरङबाट ५ ग्राम १६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने २३ वर्षीय अनिल सहनी र झापा गौरादह नगरपालिका–८ घर भई हाल दमक नगरपालिका–७ बगैँचा टोल बस्ने ३६ वर्षीय किसन अग्रवाल रहेका प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले मेचीनगर नगरपालिका–१० धुलाबारी चोकबाट अनिल सहनीलाई २ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित

पक्राउ गरेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी, शनिबार बिहान  लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले मोरङ, विराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्ग जतुवाबाट अग्रवाललाई ३ ग्राम १६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो ।

प्रहरीले बिशेष सूचनाको आधारमा भारतको जोगवनीबाट विराटनगरतर्फ आईरहेको मे.१ च ५८६२ नम्बरको कारलाई जाँचको क्रममा कार चालक किसनले लगाएको जिन्सको ज्याकेटमा खैरो हिरोईन फेला परेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here