अवैध लागूऔषध सहित पक्राउ

261

काठमाडौं – बाँकेकाे  नेपालगंज विमानस्थलबाट ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो धुलो सहित मुगु राराछाँयानाथ नगरपालिका-२ बस्ने विराट मल्ल भन्ने २४ वर्षीय पदम मल्ललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विमानस्थल प्रवेश गर्ने मानिसहरुलाई जाँच गर्ने क्रममा विमानस्थलभित्र सामान पठाई दिने बहानामा प्रवेश गर्न लागेका मल्लले हातमा समाती राखेको पोलोथिनभित्र उक्त धुलो फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यसका साथै तनहुँ भानु नगरपालिका-२ नारेश्वरटारबाट नियन्त्रित लागूऔषध २० एम्पुल नुरफीन, २० एम्पुल डाईजेपाम र २० एम्पुल फेनारगन सहित सोही नगरपालिका-१ खुर्सानी बारी बस्ने २७ वर्षीय भरत तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा उक्त परिमाणको लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here