यस्ताे छ ! सरकारले ल्याएको नागरिक एप

69

हाल यो एपबाट प्यान नम्बर लिन सक्ने व्यवस्था मिलाइएको छ । आगामी दिनमा यसैगरी क्रमशः यो एपमा अन्य सरकारी सेवा समेत लिन सकिनेछ । विभिन्न सरकारी निकायले सञ्चालनमा ल्याएका सबै एपहरुलाई क्रमशः यही एपमा इन्टिग्रेट गर्ने सरकारको योजना छ । यहाँ हामी तपाईंलाई नागरिक एपमा कसरी खाता खोल्ने भन्ने विषयमा बताउँदै छौं ।

यसका लागि सुरुमा तपाईंले आफ्नो मोबाइलको नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ । यसका लागि एन्ड्रोइड फोन हो भने यहाँ क्लिक गर्नुहोस् तथा आईओएस हो भने यहाँ क्लिक गर्नुहोस् । अब एप खोल्नुहोस् र भाषा छनोट गर्नुहोस् अनि खाता खोल्न अगाडि बढ्नुहोस् । यदि मोबाइलमा डार्क मोड अन गर्नुभएको छ भने त्यसलाई बन्द गर्न भने नबिर्सिनुहोस् ।

अब त्यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोस् । याद राख्नुहोस्, तपाईंले अरुको मोबाइल नम्बरबाट यो एपमा खाता खोल्न सक्नुहुन्न । त्यसैले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र ‘अगाडि बढ्नुहोस्’ । यति गरिसकेपछि एपले भर्खरै राखेको मोबाइल नम्बर तपाईंकै साथमा छ कि छैन भन्ने यकिन गर्न एसएमएसमार्फत ६ अंकको कोड पठाउँछ ।

उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः ‘अगाडि बढ्नुहोस्’ लेखिएको स्थानमा दबाउनुहोस् । आफ्नो मोबाइल नम्बर प्रमाणीत गराएजस्तै एपमा दर्ता हुन तपाईंले परिचयपत्रबाट आफ्नो विवरण समेत प्रमाणीत गराउनुपर्ने हुन्छ ।

त्यसका लागि नागरिकता, मतदाता परिचयपत्र वा राहदानी मध्ये कुनै एउटा विकल्प छनौट गर्नुहोस् र त्यसको विवरण भर्नुहोस् । उदाहरणका लागि नागरिकता छान्नुभयो भने त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

यदि तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ । त्यससँगै एउटा फाराम खुल्छ । त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा तपाईंको दर्ता प्रक्रिया पुरा हुन्छ । अब यसमा पिन कोड राखेर तपाईं एपमा उपलब्ध सेवा प्रयोग गर्न सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here