काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन पत्र पठाएको हो ।
माघ १६ शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार २ वटा विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको हो ।
‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने हुन्छ, त्यसका लागि आयोगले सुचना प्रकासन गर्दैछ त्यो विषय र अर्को निर्वाचनको तयारी सम्बन्धी छलफलका लागि बोलाइएको हो’, प्रवक्ता श्रेष्ठले रातोपाटीलाई बताए ।

















