कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने २३ लाख २७ हजार नाघ्यो

158

काठमाडौं ।  महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर २३ लाख २७ हजार ३०८ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका १० करोड ६६ लाख ८५ हजार ६६० जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, ७ करोड ८३ लाख ८५ हजार २२० जनाको उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।

अमेरिकामा ४ लाख ७४ हजार ९३३ जनाको मृत्यु भएको छ भने २ करोड ७६ लाख ११ हजार ४०३ जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या ९१ हजार भन्दा बढी छ ।

ब्राजिलमा २ लाख ३१ हजार ५६१, भारतमा १ लाख ५५ हजार ११४, स्पेनमा ६१ हजार ३८६, फ्रान्समा ७८ हजार ९६५, बेलायतमा १ लाख १२ हजार ४६५ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।

नेपालमा २ लाख ७१ हजार ९२५ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म २०३८ को मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here